राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, के के छन् एजेण्डा ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा बोलाएको छ । साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले सभा भदौ १५ गते दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा आव्हान गरेको हो ।
सभामा बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने तथा संस्थानलाई कम्पनीमा लौजादा गर्नुपर्ने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने जस्ता प्रस्तावहरु पारित गर्नेछ ।
















