आर्थिक पत्रकार थपलियालाई यस वर्षको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’
काठमाडौं । यस वर्षको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ आर्थिक पत्रकार शोभित थपलियाले पाउने भएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक वर्ष प्रदान गर्दै आएको नेफ्स्कून पत्रकारिता पुरस्कार थपलियालाई प्रदान गर्ने भएको हो ।
सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन र खबरदारीमा पुर्याएको योगदानको कदरसहित पुरस्कार दिने घोषणा भएको हो।
थपलियाले विगत एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषय वस्तुमा कलम चलाउँदै आएका छन्।
















