डोटी शिखर नगरपालिकाको घटनाले तरङ्गित, सत्ता साझेदार दल निकट पत्रकार र सर्वसाधारणबीच आरोप-प्रत्यारोप
काठमाडौं । केहि दिन यता सुदुरपश्चिम प्रदेशको डोटी जिल्ला शिखर नगरपालिकाको घटनाले भाडभैलो मच्चाएको छ । साउन ३२ गते राति शिखर नगरपालिकाका मेयर दिर्घ बलायरका स्वकिय सचिव राजेश ठगुन्नाले मेयरले खुकुरी प्रहारी गरी आफु घाइतेको भएको कुरा समाजिक संजाल फेसबुक मार्फत पोष्ट गरे । स्वकिय सचिव ठगुन्नाको पोष्ट यतिमा रोकिन । उनले नगर प्रमुख बलायरलाई तथानाम गाली गर्दै अनकौं आरोप लगाए । उनको स्टाटस हेनुेहोस्

लगत्तै उक्त घटनालाई लिएर चौतर्फि आलोचना भयो । समाजिक संजाल त यसरी तात्तो कि एकतर्फी सामान्य घटना भन्दै अर्का तर्र्फीहरु सरकारी पदका बसेका ब्यक्तिको अनैतिक गतिविधि भन्दैं । कांग्रेसबाट निर्वाचित मेयर बलायरले खुकुरी प्रहार गरेको आरोप उनकै स्ववियले लगाएपछि सर्वसाधारण देखि राजनिति दलको ध्यान तान्यो । भदौ १ गते बिहान समाज संजाल मार्फत जिल्ला नेतादेखि सर्वसाधारणले टिका टिप्पणी गर्ने सुरु गरे। राष्ट्रिय मिडियामा समेत समाचारले रडाको मच्चायो । सोहि बिषयमा अर्थपथ डटकमले समाचार बनायो । मेयर बलायर मोबाइल अफ गरेर बसेको अवस्थामा अर्थपथले मेयरका स्वविय, सूचना अधिकारी शेर बहादर कार्की र उममेयर सुनिता रावललाई कोड गर्दै समाचार तयार पारेको थियो । लगत्तै भदौ १ गते नै शिखर नरपालिकाले एक विज्ञप्ति तयार गर्दै फेसबुक स्टाटसका आधारमा समाचार बन्दा मेयरको मान मर्यादामा आँच आएको बतायो । नगरपालिकाको विज्ञप्ति हेर्नुहोस्

स्वकिय सचिव मेयरका आफ्नै नातेदार भएका कारण घटना सामान्य भएको भन्दै कुरा मिलि सकेको भन्दै ठगुन्नाले फेसबुक स्टाटस लेखे । उनले अन्तिममा आए खुकुरी प्रहार नभएको भिडबाट कोही अरुले नै ढुङ्गा प्रहार गरेको स्टाटस लेखे । उनको स्टाटस हेर्नुहोस्

सरकारी पदमा बसेका ब्यक्तिहरुको नै यस्ता अराजक गतिविधि गरेको भन्दै स्थानियको आक्रोस रोकिन । यस्तो गितिविधि स्थानिय तह मै भइरहदा स्थानिय मिडियामा भने उक्त समाचार तयार पारिएको देखिएन् । गाउँमा घटेका घटना थाहा पाउन देश बिदेशमा बसेका तथा स्थानियले आफ्नो स्थानिय मिडिया नै हेर्ने खोजे । तर, अधिकांश स्थानिय मिडिया समाचार संकलन नभएपछि डोटीमा पत्रकार नै नभएको तथा पत्रकार राजनीतिक पार्टीमा लिप्त भएको भन्दै केहि पार्टीका नेता देखि सर्वसाधारणले प्रश्न गर्ने थाले ।
सर्वसाधारण तथा केहि राजनीतिक दलका प्रश्न यति उठे कि पत्रकारले नै आपत्ति जनाउनु पर्ने विषय बन्यो । भदौ ३ गते समाजवादी प्रेस संगठन डोटी, प्रेस सेन्टर डोटी, नेपाल प्रेस युनियन डोटी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले राजनीतिक दलका नेताको नाम नै तोकेर आपत्ति जनायो । विज्ञप्ति हेर्नुहोस्

अहिलेका सत्ता साझेदार दल निकट पत्रकार संगठनले आपत्ति जनाए पछि अझ समाजिक संजाल तात्यो । आफ्नो पार्टी निकट नेता बचाउटमा डोटी पत्रकार लागेको भन्दै चौर्तर्फी बिरोध भयो । बिरोध यतिसम्म भयो कि पत्रकारले नै समाजिक संजाल मार्फत टिप्पणी गर्नु पर्ने अवस्था सिर्जना भयो । नेपाल पत्रकार महासंघ डोटीका सचिव पवन महराले बा आमा सँगै जोडेर बोलेको शब्द हेरौं

‘एक अर्काको बिच आरोप प्रत्यारोपमा लाग्नु भन्दा समाधानको विषय खोज्नु अहिलेको आवश्यक हो । सरकार पदमा बसेका ब्यक्तिले सडकमा गरेको यस्तो रमिता आफैमा निन्दनिय कुरा हो । उक्त कुराले समाज एक नकरात्मक मेसेज दिन्छ । मेयर बलायर समेत समाजिक संजाल मार्फत स्ववियले गरेको चरित्र हत्याको आवश्यक कानुनी उपचार खोज्नु पर्दछ ।’ एक स्थानियले बताए ।













