क्यान्सर पिडित घर्तीको उपचारका लागि बागलुङ समाज जापानको आर्थिक सहयोग, पठायो १ लाख ६३ हजार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

क्यान्सर पिडित घर्तीको उपचारका लागि बागलुङ समाज जापानको आर्थिक सहयोग, पठायो १ लाख ६३ हजार



काठमाडौँ । क्यान्सर रोग पीडित प्रेम कुमार घर्तीको उपचारका लागि बागलुङ समाज जापानले आर्थिक सहयोग प्रदान गरेको छ।  

बागलुङको तमानखोला गाउँपालिका–१ का क्यान्सर रोग पीडित घर्तीको उपचारार्थ बागलुङ समाज जापानले १ लाख ६३ हजार बढी रकम सहयोग गरेको हो  

परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि घर्तीको उपचार समस्या भइरहेको थियो । तर, यति बेला देश विदेशबाट सहयोग रकम सङ्कलन भइरहेको छ ।

सोही सन्दर्भमा बागलुङ समाज जापानले पनि घर्तीको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको छ । पहिलो चरणमा विभिन्न सहयोगदाताबाट सङ्कलित रकम क्यान्सर पीडित घर्तीको बैङ्क खातामा जम्मा गरिदिएको बागलुङ समाज जापानका प्रवक्ता रामु खत्रीले बताए ।

उनका अनुसार विभिन्न दातामा सङ्कलित १ लाख ६३ हजार रुपैयाँ बढी रकम बैङ्क खातामा जम्मा गरिदिएको हो । प्रवक्ता खत्रीले भने,–‘क्यान्सर रोगसँग लडिरहेका प्रेम घर्तीको आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भएको खबर पाएपछि हामीले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थियौँ । विभिन्न दाताबाट उठेको सहयोग रकम पीडितको बैङ्क खातामा जम्मा गरिदिएका छौँ ।’ 

क्यान्सर रोगको कारण अस्पतालमा उपचार गराइरहेका घर्तीलाई थप उपचारका लागी आर्थिक अभाव परेकोले परिवारले सहयोग आह्वान गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्