‘तीज उत्सव २०८०’को भव्य तयारीमा जुट्यो बागलुङ समाज जापान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘तीज उत्सव २०८०’को भव्य तयारीमा जुट्यो बागलुङ समाज जापान



काठमाडौं । बागलुङ समाज जापानले नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा ‘तीज उत्सव २०८०’ आयोजना गरेको छ । 

सन् २०२३ सेप्टेम्बर १६ मा हुने तीज उत्सव २०८० को तयारी तीव्रता दिएको छ । उक्त कार्यक्रम विभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । 

जापानमा रहेका बागलुङे महिला दिदी बहिनीहरूको वर्षभरिको थकान मेटाउने उद्देश्यका साथ तीज उत्सव आयोजना गरिएको समाजका अध्यक्ष यमकान्त कँडेलले बताए । अध्यक्ष कँडेलले भने,–‘प्रदेशमा रहेता पनि नेपाल कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ । नेपाली महिलाहरुको महान् पर्वको रूपमा रहेको तीजमा आयोजना गरिएको कार्यक्रम तयारी तीव्रताका साथ अघि बढेको छ ।’

तीजको अवसरमा आयोजना गरिएको सो कार्यक्रमको प्रमुख प्रयोजकमा समाजका सल्लाहकार सूर्य लामिछाने रहेका छन् भने बुद्ध ट्राभलका रघुनाथ न्यौपाने ट्राभल पार्टनरको रूपमा रहेका छन् । 

सोलमारी मुरा हलमा हुने कार्यक्रममा चर्चित गायक सूर्य खड्का, सोना केसी निशा क्षेत्री लगायतका विशेष सांगेतिक प्रस्तुति रहने समाजका प्रवक्ता रामु खत्रीले जानकारी दिए । सेप्टेम्बर १६ मा आयोजना गरिएको तीज उत्सव तथा दर पार्टीमा महिलाहरूको लागि पनि नि:शुल्क प्रवेश रहेको छ । तर, पुरुषहरूले भने २ हजार यान (प्रतिव्यक्ति) शुल्क तोकिएको प्रवक्ता खत्रीले जानकारी दिए । 

बागलुङबाट जापानका विभिन्न सहरहरूलाई कर्मथलो बनाएका नेपालीहरू उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन् । बागलुङ समाज जापानले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्