मिड सोलु हाइड्रोपावरको आइपीओ निष्कासन हुने मिति परिवर्तन, अब कहिलेदेखि दिने आवेदन ?
काठमाडौं । मिड सोलु हाइड्रोपावरले आइपीओ निष्कासन हुने मिति परिवर्तन भएको छ । आज अर्थात भदौ २८ गते देखि खुला हुने भने पनि सरकारले आज शोक बिदा दिएको कारण एक दिन सारेर भदौ २९ गतेदेखि निष्कासन हुने भएको हो ।
गर्ने भएको छ । कम्पनीले भोलि अर्थात भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न भएको हो । सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरु ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ । यस्तै, कम्पनीका कर्मचारीहरुलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।
आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म माग बमोजिमको आवेदन नपरेको खण्डान भने असोज १२ गतेसम्म खुला रहनेछ । लगानीर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले रहेको छ । आइपीओमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ ।
















