सिटिजन लाइफको आइपीओ पर्यो कि ? यी तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।
आइपीओमा १५ लाख १४ हजार २८२ जनाले १ करोड ६८ लाख २६ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत ४ अर्ब १० करोड ५७ लाख ५८ हजार ७२० रुपैयाँ संकलन भएको थियो ।
माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा ९ लाख आवेदनले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् । जसमा ६ लाख १४ हजारको हात खालि भएको छ ।
कम्पनीको आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login
















