माउण्ट कैलाश इनर्जीले आइपीओ निष्कासन गर्ने, असोज २४ गते बोलायो साधारण सभा
काठमाडौं । माउण्ट कैलाश इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारित सहित दुई आर्थिक वर्षको साधारण सभा बोलाएको हो ।
सभा असोज २४ गते क्बालिटी क्याफे एन्ड ब्यांकेट, ठूलोभर्याङ, स्वयम्भू, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ र २०७९।०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।













