७ श्रावण २०८३, बिहिबार

हिमालयन टाइम्स मिडियाले आइपीओ निष्कासन गर्ने



काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एण्ड टेक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २७ गते साधारण सभा बोलाएको हो ।

सभा डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९। ८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्