चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेकोछ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि विक्री गरेको आइपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आइपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता बाँडफाँट गरेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका लागि आइपीओ विक्री गरेको थियो ।
कम्पनीको आइपीओ यी तरिकाबाट हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.rbbmbl.com.np/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













