स्थानियले नकिनेको सहित चिरख्वा हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।
यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो ।
आइपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डम कात्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।













