थप दुई कम्पनीको २७ लाख ७५ हजार कित्ता आइपीओ आउँदै, बोर्डले दियो अनुमति
काठमाडौं । थप दुई कम्पनीको २७ लाख ७५ हजार कित्ता आइपीओ आउने भएको छ । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।













