७ श्रावण २०८३, बिहिबार

रिचेत जलविद्युतले करिब १२ करोडको आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौँ । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४५० कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन अनुमति पाए पश्चात पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदार दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्