स्लाइसमा अखाद्य वस्तु देखिएपछि काठमाडौं महानगरले कम्पनीलाई २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेज लाई कारवाही गरेको छ । स्लाइसमा अखाद्य वस्तु देखिएपछि २ लाख रुपैयाँ जरिवाना गराएको हो ।
काठमाडौं महानगरपालिका–३२मा रहेको कालिमाटीस्थित एक पसलमा अनुगमन गर्दा स्लाइसमा कालो लेदो पदार्थ भेटिएको हो। पछिल्लो समय काठमाडौं महानगरपालिकाले नियमित अनुगमन गरिरहेको छ ।












