७ श्रावण २०८३, बिहिबार

भिजन लुम्बिनीको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासनको आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको १ लाख ९१ हजार २५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुमा बिक्री गरेका थियो । सो अवधि भित्र जम्मा २९ हजार ८३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४८० कित्ताका लागि आवेदन परेको थियो । प्राप्त भएकोमा रितपूर्वक आवेदन दिने २९ हजार ८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता बाँडफाँडको लागि योग्य रहेको थियो । उक्त आवेदनहरु मध्ये १९ हजार १२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले शेयर बाँडफाँड भएको हो ।

कम्पनीले १९ लाख १२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन खुला भइरहेको छ ।

आइपीओ बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको www.muktinathcapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित iporesult.cdsc.com.np/ meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहोरा समेत जानकारी गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्