७ श्रावण २०८३, बिहिबार

सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीको असोज १५ गते बसेको संचालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज हुनेछ ।


प्रतिक्रिया दिनुहोस्