बेनी हाइड्रोपावरले करिब २१ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता बराबरको २० करोड ८० लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको हो । अनुमति पाए पश्चात कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।













