मिर्मिरे लघुवित्तले १ लाख २३ हजार कित्ता एफपिओ जारी गर्ने, बोर्डले दियो अनुमति
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई एफपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
अब कम्पनीलेले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ । कम्पनीले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्नेछ ।
कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।













