काठमाडौँ महानगरपालिकाले म्याद सकिएको मदिरा बेच्ने स्टोरलाई दुई लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गरेको छ । वडा नं २६ स्थित देवदास मानन्धर सञ्चालक रहेको न्यू भिम स्टोर उक्त कारबाही गरेको हो ।
स्टोरले म्याद सकिएको मदिरा बिक्री गरेको पाइएपछि जरिवाना गरिएको महानगर जनाएको छ । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो ।














