७ श्रावण २०८३, बिहिबार

नेशनल सोलार पावरले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल



काठमाडौं । नेशनल सोलार पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कमपनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशियला क्यापिटलले गर्ने भएको छ ।

नेशनल सोलार पावर र क्यापिटलबीच दुई पक्षीय सम्झौता भएको छ । क्यापिटलको ‘आइडीया टु आइपीओ’ सेवा सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले ‘आइडीया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि क्ष्एइ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना रहेको छ । साथै कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस्