७ श्रावण २०८३, बिहिबार

छुट्नु होला है ? भिजन लुम्बिनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अर्थात असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा स्थानिय बासिन्दाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने समय भने समाप्त भइसकेको छ । कम्पनीले भदौ १९ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर स्थानीयलाई जारी गरेको छ। जसमा अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो ।

साथै,सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो । आइपीओमा स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्