२२ श्रावण २०८३, शुक्रबार

रिगललाई आममाफी दिएको विरोधमा भारतीको रिले अनसन शुरु



काठमाडौँ । बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन बसेकी हुन् । आज २ घण्टा अनसन बस्ने बताइएको छ ।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो। २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।