घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति
काठमाडौँ । घलेम्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीलाई २०० प्रतिशथ हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री जारी गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । । हाल घलेम्दी हाइड्रोपावरको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेकोमा हकप्रद जारी गरेपछि पुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।













