२१ श्रावण २०८३, बिहिबार

लगानीकर्ता सप्ताहको अवसरमा हाजिरी जवाफ : २०२३ को प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न



काठमाडौँ । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था धितोपत्र आयोगको अन्तर्राष्ट्रिय संगठनको आह्वानमा विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना गरिएको छ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले असोज १५ देखि असोज २१ गते सम्म हाजिरी जवाफ प्रतियोगिता – २०२३ आयोजना भएको हो । यस क्रममा असोज १९ गते हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागि भएका ३२ वटा कलेजका स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुको टोलि मध्यबाट निम्न बमोजिमका ८ वटा कलेजहरु द्धितीय चरणका लागि छनौटमा पर्न सफल भएका छन् :

१। काठमाडौं कलेज अफ म्यानेजमेण्ट
२। रिलायन्स कलेज
३। द ब्रिटिस कलेज
४। काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट
५। क्वेस्ट ईन्टरनेशनल कलेज
६। नेपाल कलेज अफ म्यानेजमेण्ट
७। युनिग्लोब कलेज
८। एपेक्स कलेज

द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि आउँदो असोज २१ गते आईतवारका दिन हुने सेमिफाइनलमा प्रतिस्पर्धा गरी विजय हुन सफल ४ वटा टोलि सोहि दिन हुने अन्तिम चरणको प्रतिस्पर्धामा सामेल हुनेछन् । विजय टोलिलाई आयोजकका तर्फवाट प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ, द्धितीय पुरस्कार ५० हजार रुपैयाँ र तृतीय परस्कार २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

उक्त समारोहको अन्तिम दिन असोज २१ गते आइतबारका दिन हाजिरी जवाफ कार्यक्रम समाप्त भए पश्चात नेपाल धितोपत्र बोर्ड तथा आयोजक संस्था एमबिएएन बाट संयुक्त रुपमा पुरस्कार वितरण गरिनेछ ।