बागलुङमा पनि पुग्यो गार्डियन माइक्रो लाइफको शाखा, कार्यालय उद्घाटनसँगै अभिकर्ता तालिम पनि सम्पन्न
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशको बागलुङ पुगेको छ । कम्पनीले आफ्नो शाखा विस्तारका क्रममा सो जिल्लामा पुगेको हो ।
बागलुङको नयाँ उपशाखा शनिबार उद्धघाटन गरिएको छ । सो कार्यायल बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठले गरेका हुन् । सोही क्रममा उनले न्युन आय भएका घर परिवरलाई लघुबीमाले समेटने बताए । नयाँ उपशाखा मार्फत जिल्लाका निम्न आएका परिवार पनि बीमाको पहुँचमा पुग्ने उनले विश्वास व्यक्त गरे ।
सोही अवसरमा गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चिरायु भण्डारीले लघुबीमा कम्पनीहरुले बीमाको दायरा बढाउन टेवा पुग्ने बताए । निम्न आय भएका नागरिकमा बीमा सेवा प्रदान गर्नका लागि लघुबीमा स्थापना भएको उनले बताए ।
कम्पनीले शाखा विस्तारसंगै बीमा अभिकर्ता तालिमा पनि सम्पन्न गरेको छ । तालिममा उपस्थित अभिकर्तालाई कम्पनीका कैलाश देवकोटाले प्रशिक्षण दिएका थिए ।













