९ श्रावण २०८३, शनिबार

बन्दीपुर अस्पताललाई नेको इन्स्योरेन्सले दियो ११ लाख रुपैयाँ सहयोग



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त अस्पतालको भौतिक संरचना निर्माणको लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको कम्पनीले जनाएको छ।

उक्त अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराईले बन्दीपुर अस्पताल एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरे । सो कार्यक्रममा कम्पनीका संचालक प्रेम कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का समेतको उपस्थिति थियो ।

नेकोले देशको निर्जीवन बीमा बजारमा विगत २७ बर्षदेखि सेवा पुयाईरहेको छ । कम्पनीले व्यवसाय विस्तार सँगसँगै आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्