माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज आज अन्तिम दिन
काठमाडौं । माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने आज अर्थात असोज २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ जारी गरेको हो । जसमध्य १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भइसकेको छ ।
यस्तै, ५५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँड भएको छ । त्यस्तै, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई १ करोड २७ लाख ५० हजार कित्ता बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो । जसअनुसार १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।













