इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार (भिडियो)
काठमाडौँ। इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ ।
इजरायलमा रहेका लुईस रिजालले सामाजिक सञ्जालमार्फत त्यहाँको सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन् ।आफूहरुको उद्धार भइसकेको र सबैले खाने कुरा पनि पाएको उनले बताएका छन् ।













