९ श्रावण २०८३, शनिबार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण 



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते  बिर्तामोड र इटहरी छेत्रको संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आ. व. २०७९÷८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान गरेको हो । 

कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।   

कम्पनीका डेपुटी सिइओ कँडेलले कम्पनीले अहिलेसम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अँगाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पा  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रधान गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्