७ श्रावण २०८३, बिहिबार

चिरख्वा हाइड्रोपावरको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन सक्ने, कति र कहिलेसम्म भर्ने ?



काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आजदेखि सर्वसाधारण आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्तासर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरि बाँडफाँट पनि गरिसकेको छ । अब भने स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा आवेदन नपरेको सेयर सहित सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

सो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको आइपीओमा छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्