७ श्रावण २०८३, बिहिबार

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार माण्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

माण्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको २ करोड ३४ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

नेप्सेले माण्डु हाइड्रोको पहिलो कारोबारको लागि १२४.४२ रुपैयाँ देखि ३७३.२६ रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँ ओपन रेञ्ज तोको छ ।


प्रतिक्रिया दिनुहोस्