सोनापुर मिनरल्सको आइपीओ बाँडफाँट, १० लाख ३२ हजारले पाए सेयर
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।
आइपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिएको छ ।
जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले सेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरि प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसमा ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणको निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १०० अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।













