सोनापुर मिनरल्सको आइपीओ पर्यो कि ? यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा !
काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।
आइपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिएको छ ।
जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले सेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।
कम्पनीको आइपीओ यसरी हेर्न सकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













