७ श्रावण २०८३, बिहिबार

सोनापुर मिनरल्सको आइपीओ पर्यो कि ? यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा !



काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

आइपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो  । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिएको छ  । 

जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले सेयर पाएका छन्  । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्  ।

कम्पनीको आइपीओ यसरी हेर्न सकिनेछ । 

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्