ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश सुरक्षित गर्ने आज अर्थात् असोज २४ गते अन्तिम दिन रहेको छ । फण्डले असोज २५ गते बुक क्लोज गर्ने भएको हुँदा असोज २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउनेछन् ।
फण्डले आर्थिक वर्ष २०७९।०८० को नाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।यो ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड हो ।












