७ श्रावण २०८३, बिहिबार

नेप्सेमा भगवती हाइड्रोपावरको आइपीओ सूचीकृत, पहिलो कारोबार कति ?



काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) मा थप एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारी) मा वितरण गरेको १४ लाख ३० हजार १६२ कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज १२० रुपैयाँ ४१ पैसादेखि ३६१ रुपैयाँ २३ पैसा तोकेको छ । कम्पनीको सिम्बोल बिजिडब्लुटि रहेको छ ।


प्रतिक्रिया दिनुहोस्