चिरख्वा हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदनमा अन्तिम दिनसम्म १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २६ गते साँझ ५ः९७ बजेसम्म १२ लाख १२ हजार ६४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १५.३६ गुणा बढी आवेदन हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरी बाँडफाँट पनि गरिसकेको छ । अब भने स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा आवेदन नपरेको सेयर सहित सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो ।
यस अघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।













