७ श्रावण २०८३, बिहिबार

सेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं



कामठाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन घटेको बजार आज पनि सोहि निरन्तरता दिएको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । निरन्तर बजारले ओरालो यात्रा तय गरेपछि लगानीकर्ता चिन्तित भएका छन् । बजार घट्ने क्रम नरोकिएपछि लगानीकर्ता ‘पर्ख र हेर’को रहेका छन् ।

नियामक निकायले विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जाने क्रम सुरु गरेको भए पनि सेयर बजारले त्यसलाई अझ रातो कार्पेट देखाएको पाइन्छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि सेयर नेप्से २२ सय माथि पुगेको थियो । तर, अहिले उक्त सिमालाई थप बढाए पनि बजार १८ सय बिन्दुमा झर्न पुगेको छ ।

अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । अहिले सामाजिक सञ्जालमा सेयर बजारबारे भ्रम फैलिदा लगानीकर्ताको मनोबल कमजोर भएको एक जानकारले बताए ।

बजार आज २३.१६ अकंले घटेर १८५१.४३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा आज ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९६ प्रतिशत, फाइनान्स समूहको १.२५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

आज प्रभु बैंकको प्रोमोटर सेयरको ६ करोड २४ लाख ७६ हजार रुपैयाँ र ह्याथवे इन्भेष्टमेन्टको ५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्