अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा
काठमाडौँ । व्यवसायी देखि ग्राहकसम्मको समस्यालाई मध्यनजर गर्दै अनलाईन डेलिभरि प्लेटफर्म फेब बड सञ्चालनमा आएको छ । हाल बजारमा देखिएको डेलीभरी समस्यालाई छिटो, छरितो र भरपर्दाे बनाउन फेब बड सञ्चालनमा आएको हो । यस डेलिभरी सर्भिसमार्फत व्यवसायीले सहि समयमा तोकेकै ठाउँमा आफ्ना ग्राहकहरुलाई भरपर्दो र छिटो सामान पठाउनुसक्नुहुन्छ । यस्तै, ग्राहकहरुले पनि आफूले भनेकै समयमा डेलिभरी लिई फेब बडको सर्भिसको लाभ लिनसक्नुुहुन्छ ।
फेब बड एक हाइपरलोकल डेलिभरी प्लेटफर्म हो जहाँ हामी उपत्यकाभर विभिन्न सर सामानको डेलिभरी गर्दछौँ । जुन दुवै तिर वास्तविक समय tracking को साथ न्यूनतम समयमै हुन्छ । यस प्लेटफर्मले कुनै पनि समयमा पिकअप, तत्काल वितरण, किफायती वितरण शुल्क र उही दिन Cash On Delivery लर्गात विभिन्न सेवा प्रदान गर्दछ । फेब बड कसरी प्रयोग गर्ने ?
फेब बडको साथ जुडेर व्यक्तिगत तथा व्यापार वितरण गर्न एकदम सजिलो छ । यसका लागि तँपाईले प्लेस्टोरबाट Fab Bud एप डाउनलोड गर्नुहोस् र तपाईंको खाता दर्ता गर्नुहोस् । खाता दर्ता गरेपश्चात तँपाईले आफूलाई पाएक पर्ने सेवाहरू चयन गर्नुहोस् ।
१. पिकअप र ड्रप सिर्जना गर्नुहोस् ।
२. समर्पित डेलिभरी सवार बुक गर्नुहोस् ।
३. कुनै पनि स्टोरबाट खरीद गर्नुहोस् ।
यस पश्चात तँपाईको नजिकै रहेको फेब बडको डेलिभरी सवारीले तपाईंको अनुरोध स्वीकार गर्नेछ
र तपाईंको पिकअप स्थानबाट पार्सल लिएर सिधा न्यूनतम समयमा डेलिभरी पु¥याउनेछ । यसका साथै यदि डेलिभरीमा केहि नगद छ भने, फेब बड सवारले सो रकम संकलन गरेर तपाईंको इसेवा, खल्ती, बैंकलगाएत अन्य विभिन्न सेवाहरुमा एकैदिनमा रकम स्थानान्तरण गर्दछ । फेब बड तपाईंका अर्डरहरू कुनै पनि समयमा भनेको ठाउँमा उचित शुल्कका साथ डेलिभर गर्न सधै तयार रहन्छ ।
फेब बडका विशेषताहरु
१. छिटो डेलिभर
२. वास्तविक समय Tracking
३. वितरण अनुसूची हेर्न मिल्ने
४. COD सेवा
५. डेलिभरी समयमा चालकसँग कुराकानी गर्न मिल्ने
६. डेलिभरी लिएको सवारीमा तँपाईको आफ्नै Tracking पृष्ठहरु
७. डेलिभरीमा लागेको समय रेखा हेर्न सकिने
८. यस एप मार्फत प्रत्यक्ष अर्डर गर्न सकिने













