बीमितमैत्री बन्दै आइएमई लाइफ, दावी परेको छोटो समयमै २ करोड ७१ लाख भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दावी भुक्तानीमा अग्रसर देखिएको छ । दावी परेको छोटो समयमा नै ग्राहकलाई झन्झटरहित सेवा प्रदानमा कम्पनी प्रतिवद्ध देखिएको हो ।
कम्पनीले एक महिनामै साढे २ करोढ बढी दावी भुक्तानी गरेको हो । असोज महिनामा मात्रै कम्पनीले २ करोड ७१ लाख २२ हजार २०८ रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । कम्पनीले उक्त दावी रकममा ४८ वटा बीमालेख रहेको जनाएको छ ।
व्यवसाय विस्तारमा आक्रमक रुपमा अघि बढेको आइएमई लाइफले बीमित मैत्री सेवा प्रदानमा पनि अग्रसर देखिएको हो ।कम्पनीले चालु आवको दुई महिनामै ७६ करोड ३१ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । साउन र भदौमा मात्रै कम्पनीले सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।
दुई महिनाको अवधिमा कम्पनीले २१ करोड ४६ लाख ५० हजार रुपैयाँ बराबरको नयाँ बिजनेश भित्र्याएको छ । सो अवधिमा नविकरण मार्फत कम्पनीले ५४ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हाल कम्पनीको सक्रिय बीमालेखको संख्या ३ लाख ४४हजार ७४८ वटा रहेको छ ।













