९ श्रावण २०८३, शनिबार

प्रिमियम मूल्यमा आइपीओ जारी गर्न हिमालयन रि इन्स्योरेन्सलाई बोर्डको अनुमति, मूल्य कति ?



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कात्तिक १ गते बुधवार कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले गत भदौ २६ गते आइपीओ निष्कासनका लागि निवेदन पेश गरेको थियो । कम्पनीले ३ अर्ब बराबरको ३ करोड कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले आइपीओ जारी गर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्