७ श्रावण २०८३, बिहिबार

५० हजार कित्ता भर्न पाइने गरि नेपाल वेयर हाउजिङको आइपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौँ । नेपाल वेयर हाउजिङ कम्पनीले आइपीओ निष्कासन भएको छ । कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

त्यस्तै, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई जारी गरिनेछ ।

लगानीकर्ताले आइपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्