त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो ।
नेपालले पहिलाे खेलमा यूएईलाई ७ विकेट, दाेस्राे खेलमा हङकङलाई ६ विकेट, तेस्राे खेलमा हङकङलाई ७९ रन र समूह चरणकाे पाँचाैँ खेलमा यूएईलाई ५ विकेटले हराएकाे थियाे ।यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हाे । यूएई र हङकङकाे समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेकाे हाे ।आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।
नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएकाे छ ।













