२१ श्रावण २०८३, बिहिबार

त्रिकोणात्मक टी–२० श्रृंखला : युएईविरूद्ध नेपालले ब्याटिङ गर्ने



त्रिकोणात्मक टी–२० श्रृंखला : युएईविरूद्ध नेपालले ब्याटिङ गर्ने

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले युएईविरूद्ध ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुन लागेको खेलमा टस जितेको युएईले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

जारी प्रतियोगितामा नेपाल अपराजित हुँदै फाइनल पुगेको हो भने युएईले हङकङलाई रन रेटको आधारमा पछि पार्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

सिरिजको चार वटै खेलमा जित हात पारेको नेपालले दुई खेलमा युएई र दुई खेलमा हङकङलाई हराएको थियो।फाइनलमा प्रतिद्वन्द्वीको रूपमा रहेको युएईले सिरिजमा नेपालसँगको दुबै खेलमा हार व्यहोरेको थियो। गत सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो।

यस्तै कात्तिक १ गते भएको पहिलो खेलमा पनि नेपालले युएईमाथि ७ विकेटको शानदार जित हात पारेको थियो।