७ श्रावण २०८३, बिहिबार

१४ लाखको हात रित्तो हुने मिर्मिरे लघुवित्तको एफपिओ कहिले हुन्छ बाँटफाँट ?



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओ आउने साता बाँटफाँट हुने भएको छ । लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार अबको केहि दिन मै बाँटफाँटको मिति तय हुने जनाएको हो । दशैं बिदाका कारण ढिलो बाँटफाँट हुन लागेको हो ।

एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । एफपिओमा अन्तिम दिनसम्म १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार १४ लाख २१ हजार ७७७ जना आवेदकले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ता लागि आवेदन दिएका हुन् ।जुन माग भन्दा १३०.६३ गुणा बढी आवेदन हो ।

कम्पनीको एफपिओ १२ हजार ३८१ जनाले १०/१० कित्ता र सोहि मध्यका ६ जनाले थप १/१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्