७ श्रावण २०८३, बिहिबार

मिर्मिरे लघुवित्तको एफपिओ पर्यो कि ? यसरि हेर्नुहोस् नतिजा !



काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा बाँडफाँट भएको छ ।

एफपिओमा १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५ कित्ता सेयर पाएका छन् । बाँकी १२ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएकामा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत भएको थियो । कम्पनीले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गरेको थियो ।

एफपिओको नतिजा यसरि हेर्नसकिन्छ

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्