भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनलिे दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्तासेयर निष्कासन गरेको हो । यसअघि कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो ।
आइपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।













