२१ श्रावण २०८३, बिहिबार

नेपालले टी–२० विश्वकपमा छनोट हुन यूएईको सामना गर्ने



काठमाडौँ । टी–२० विश्वकपमा छनोट हुने नेपालले यूएईसँग सामना गर्नु पर्ने भएको छ । जारी विश्वकप छनोटको सेमिफाइनलमा शुक्रवार नेपालले यूएईसँग खेल्ने भएको हो ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। नेपाल समूह ए को उपविजेता बनेसँगै सेमिफाइनलमा समूह बी को विजेता बनेको युएईसँग प्रतिस्पर्धा हुने पक्का भएको हो।

नेपाल र युएईबीच भोलि शुक्रबार विहान ११ बजे मुलपानी मैदानमा सेमिफाइनल हुनेछ। यो खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि टी–२० विश्वकप खेल्ने अवसर छ।