चिरख्वा हाइड्रोपावरको आइपीओ पर्यो कि ? यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा
काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँट गरेको छ ।
आइपीओममा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँटफाँट भएको हो । जसमा ८५ हजार ९३० जनाले १०÷१० कित्ता सेयर हात पारेका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीको आइपीओ यसरि हेर्नेसकिनेछ ।
सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.rbbmbl.com.np/
मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login













