२० श्रावण २०८३, बुधबार

नेपाल टी–२० विश्व कपमा पुग्न यूएईसँग आज खेल्दै



काठमाडौँ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

नेपाल र यूएईबीच ८ वटा टी–२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।